हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा, हातमा चोट

Image

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमा उनी दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा अध्यक्ष साम्पाङको हातमा सामान्य चोट लागेको छ। उनको अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन्।घटनापछि प्राथमिक उपचारपछि पनि उनी निर्धारित कार्यक्रमस्थलमा पुगेको बताइएको छ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। प्रहरीले घटनाबारे थप बुझ्ने कार्य भइरहेको जनाइएको छ।