सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ मा मंगलबार भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।
स्थानीय बुचु खंगको घरमा अचानक आगो लागेपछि उनीसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगको घर जलेको स्थानीय मनोज मेहताले जानकारी दिए ।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाखको क्षति भएको उनले बताए । स्थानीय तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















