मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौँसँग जोड्ने लाइफलाइन मानिएको बीपी राजमार्ग फेरि पनि प्राकृतिक प्रकोपको चपेटामा परेको छ । मंगलबार दिउँसोदेखि परिरहेको अविरल वर्षाका कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गको विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलाको जलसतह खतराको विन्दुभन्दा माथि पुगेर सडकमा लेदो र ढुङ्गामाटोसहितको बाढी बग्न थालेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।
















