गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने बताएका छन्। मंगलबार पदभार गर्दै उनले यस्तो बताएका हुन्।
आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने उनको भनाइ छ। जेनजी आन्दोलनमा सहभागीहरूलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाइरहेको छ। कतिपय पुर्पक्षका लागि थुनामा पनि छन्।
जेनजी अगुवा उपार्जुन चाम्लिङका अनुसार ९३५ जनालाई मुद्दा चलाइएको छ। जेनजी आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेको भन्दै केही अभिभावकहरू ३०-३५ दिनदेखि माइतीघरमा धर्नामा छन्। साथै उनीहरूले रिहाइको माग गर्दै रास्वपा कार्यालयमा पनि धर्ना दिएका थिए।
चाम्लिङका अनुसार गृहमन्त्री गुरुङको शपथका बेला पनि शीतलनिवास बाहिर धर्ना दिएका थिए।















