काभ्रे बस दुर्घटनाका ४ जना मृतकको सनाखत

Image

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएको ४ जनाको परिचय खुलेको छ । शुक्रबार बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । ती मध्येमा ४ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए ।

उनका अनुसार रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन् ।बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए ।

घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।