सिटिजन्स बैंक इन्टरनेसनलको ८औं विशेष साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समूह क संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनी अनिल कुमार ज्ञवाली गरी १ जना र समूह ख सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनीहरु प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरू निर्वाचित भएका छन्।
यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न २ अर्ब रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट २० लाख ३२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।















