राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भरतपुर पुगेका छन् ।
काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए । पत्नी सविना काफ्लै पनि सँगै छिन् ।
एयरपोर्टबाट उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् । लटौलीमा रेष्ट गरेपछि महाधिवेशन उद्घाटन स्थल आउने तयारी उनको छ ।















