उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट

Image

नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको छ ।

भेटमा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित सम्बन्ध निरन्तर रहीआएको बताए ।

उनले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए ।

‘लुम्बिनीलाई ‘विश्व शान्तिको मुहान’का रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्‍याएको योगदानप्रति नेपालले सधैँ प्रशंसा गर्दछ,’ उनले भने ।

भेटका अवसरमा उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी पवित्रस्थल रहेको र काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गरे ।