भक्तपुरमा छोराले गरे आमाको हत्या

Image

भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । उदयपुर कटारी नगरपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे मेघियामाथि उनका छोरा २३ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न किरण चौधरीलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।