जापानमा नेपाली विद्यार्थी सुरेन्द्र वलीको मृत्यु

Image

जापानमा नेपाली विद्याथी सुरेन्द्र वलीको निधन भएको छ। शनिबार राति उनको निधन भएको हो। प्रान्तीय राजधानी चिबामा सहरमा उनको निधन भएको जनाइएको छ ।

करिब एक वर्षअघि अध्ययनका लागि जापान पुगेका वली विद्यार्थी भिसामा जापानको नारामा अध्ययनरत थिए। उनको मृत्यु भएको जानकारी प्राप्त भए पनि मृत्युको कारण भने हालसम्म खुलेको छैन। प्राप्त जानकारीअनुसार, उनको मृत्युको कारणबारे पोस्टमार्टम (शव परीक्षण) रिर्पोट सार्वजनिक भएपछि मात्र यथार्थ विवरण खुल्ने छ ।

उनको नेपाल ठेगाना रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ बल्ले डिमुरगौरा हो। तीन दाजुभाइमध्ये सुरेन्द्र माइला हुन्। जेठा रमेश र कान्छा कर्ण वैदेशिक रोजगारी क्रममा युएईमा छन्।