सिद्धार्थ गोल सेभर खाता : सानो बचतबाट ठूला सपना पूरा गर्ने डिजिटल सहयात्री

आम्दानी अनुसार बचत गर्ने सुविधा छोटो र दीर्घकालीन दुवै लक्ष्यका लागि उपयुक्त

Image

आजको व्यस्त र बढ्दो खर्चिलो जीवनशैलीमा धेरै मानिसका सपना र योजनाहरू आर्थिक व्यवस्थापनको अभावमा अधुरै रहने गरेका छन् । कसैले आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउने सपना देखेका हुन्छन्, कसैले आफ्नै घर बनाउने योजना बनाएका हुन्छन् भने कसैले व्यवसाय विस्तार वा विदेश भ्रमणको लक्ष्य राखेका हुन्छन् । तर आम्दानीको केही हिस्सा नियमित रूपमा बचत गर्ने स्पष्ट योजना नहुँदा यस्ता लक्ष्यहरू समयमै पूरा गर्न कठिन हुने गरेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ सार्वजनिक गरेको छ । योजनाबद्ध बचतमार्फत आर्थिक लक्ष्य हासिल गर्न सहयोग पु-याउने उद्देश्यका साथ यो खाता सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

सबै बचत खातावाला ग्राहकका लागि उपलब्ध
सिद्धार्थ बैंकमा बचत खाता भएका सबै व्यक्तिगत ग्राहकले सिद्धार्थ गोल सेभरको सुविधा लिन सक्नेछन् । विशेषगरी युवा, विद्यार्थी, जागिरे, व्यवसायी तथा भविष्यका लागि योजनाबद्ध बचत गर्न चाहने सबै वर्गका ग्राहकलाई लक्षित गरेर यो योजना ल्याइएको बैंकले जनाएको छ ।

पूर्ण डिजिटल सेवा, शाखा धाउनुपर्ने झन्झट छैन
सिद्धार्थ गोल सेभर खाता ग्राहकलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना पूर्ण रूपमा डिजिटल बनाइएको छ । ग्राहकले बैंकको शाखा धाउनुपर्ने आवश्यकता बिना नै मोबाइल बैंकिङ एपमार्फत खाता खोल्न, लक्ष्य निर्धारण गर्न, मासिक बचत रकम तय गर्न तथा बचतको प्रगति अनुगमन गर्न सक्नेछन । यसले समय बचत गर्नुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई पनि सहज रूपमा सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आम्दानी अनुसार बचत गर्ने सुविधा छोटो र दीर्घकालीन दुवै लक्ष्यका लागि उपयुक्त
गोल सेभर एकाउन्टको अर्को विशेषता यसको लचकता हो। ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसार न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म मासिक बचत गर्न सक्नेछन् । धेरै मानिसहरू बचत सुरु गर्न ठूलो रकम आवश्यक पर्छ भन्ने सोच राख्छन् । तर यो योजनाले सानो रकमबाट पनि लक्ष्यतर्फको यात्रा सुरु गर्न सकिने सन्देश दिएको छ । नियमित रूपमा सानो रकम बचत गर्दा समयसँगै ठूलो कोष निर्माण गर्न सकिने भएकाले यो योजना आकर्षक मानिएको छ । ग्राहकले एक वर्षदेखि १० वर्षसम्मको बचत अवधि छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । यसले छोटो अवधिका आवश्यकतादेखि दीर्घकालीन आर्थिक योजनासम्मलाई सम्बोधन गर्नेछ ।

आकर्षक ब्याजदरबाट अतिरिक्त प्रतिफल
बैंकका अनुसार गोल सेभर एकाउन्टमा बचतकर्ताले बैंकले प्रकाशित गरेको एक वर्षे मुद्दती खाताको ब्याजदर अनुसार प्रतिफल प्राप्त गर्नेछन् । हाल एक वर्षे मुद्दती खाताको ब्याजदर ३.२५ प्रतिशत रहेको छ । यसले नियमित बचतसँगै आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । सामान्य बचत खाताको तुलनामा लक्ष्य केन्द्रित बचतलाई थप प्रभावकारी बनाउन ब्याजदरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कसरी खोल्ने गोल सेभर खाता ?
सिद्धार्थ बैंकले गोल सेभर एकाउन्टलाई पूर्ण रूपमा डिजिटल बनाएकाले ग्राहकले बैंक शाखा पुग्नुपर्ने आवश्यकता पर्दैन। केही मिनेटमै मोबाइल बैंकिङ एपमार्फत खाता खोल्न सकिन्छ । खाता खोल्न ग्राहकले सर्वप्रथम सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा लगइन गर्नुपर्छ । त्यसपछि एपभित्र रहेको ‘गोल सेभर’ विकल्पमा गएर आफ्नो बचत लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्यअनुसार बचत गर्ने तरिका र मासिक बचत रकम छनोट गरी विवरण पुष्टि गरेपछि तुरुन्तै बचत सुरु गर्न सकिन्छ । यस प्रक्रियाले ग्राहकलाई घर, कार्यालय वा जुनसुकै स्थानबाट सहज रूपमा बचत योजना सुरु गर्ने सुविधा प्रदान गर्छ ।

ग्राहकले किस्ता भुक्तानीअघि स्वचालित रिमाइन्डर प्राप्त गर्नेछन्। साथै, आफ्नो सुविधाअनुसार मिति चयन गरी स्ट्यान्डिङ इन्स्ट्रक्सन सेट गर्न सकिनेछ, जसअनुसार तोकिएको रकम स्वतः खाताबाट कट्टा हुनेछ । यसले बचत प्रक्रियालाई थप सहज र अनुशासित बनाउनेछ । बचत अवधि पूरा भएपछि संकलित रकम स्वतः ग्राहकको खातामा जम्मा हुने व्यवस्था पनि गरिएको छ ।

डिजिटल वित्तीय संस्कृतितर्फ अर्को कदम

नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा अनलाइन कारोबारप्रति बढ्दो आकर्षणबीच बैंकहरूले ग्राहकको आवश्यकता अनुसार नवीन वित्तीय उत्पादनहरू बजारमा ल्याइरहेका छन ्।
सिद्धार्थ गोल सेभर एकाउन्ट पनि डिजिटल प्रविधि र योजनाबद्ध बचत संस्कृतिको संयोजनका रूपमा आएको नयाँ वित्तीय उत्पादन हो । बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले यस्ता उत्पादनहरू महत्वपूर्ण मानिएका छन् ।

आर्थिक सुरक्षातर्फको यात्रा

वित्तीय योजनाकारहरूका अनुसार आर्थिक सफलता ठूलो आम्दानीबाट मात्र होइन, नियमित बचत र सही वित्तीय अनुशासनबाट पनि सम्भव हुन्छ । मासिक आम्दानीको सानो हिस्सा बचत गर्ने बानीले भविष्यका आकस्मिक आवश्यकता र दीर्घकालीन लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पु-याउँछ । यही अवधारणालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप सिद्धार्थ बैंकले गोल सेभर एकाउन्ट सञ्चालनमा ल्याएको हो। बैंकका अनुसार यो योजना केवल रकम जम्मा गर्ने माध्यम मात्र नभई ग्राहकलाई आर्थिक रूपमा जिम्मेवार र आत्मनिर्भर बनाउने पहल पनि हो । बढ्दो खर्च, अनिश्चित आर्थिक अवस्था र भविष्यप्रतिको चिन्ताबीच योजनाबद्ध बचतको महत्व झन् बढ्दै गएको छ। डिजिटल सुविधा, लचिलो बचत, आकर्षक प्रतिफल र लक्ष्य केन्द्रित संरचनाका कारण यो योजना भविष्य सुरक्षित बनाउन चाहने ग्राहकका लागि प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ ।

बचतलाई लक्ष्यसँग जोड्ने प्रयास
नेपालमा धेरै मानिसहरूले बचत गर्ने बानी त विकास गरेका छन्, तर त्यो बचतलाई निश्चित लक्ष्यसँग जोडेर अघि बढाउने संस्कार भने अझै सीमित छ । परिणामस्वरूप, वर्षौंसम्म बचत गरे पनि चाहेको लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिन्छ । सिद्धार्थ गोल सेभर एकाउन्टले ग्राहकलाई सुरुमै आफ्नो लक्ष्य निर्धारण गर्न प्रोत्साहित गर्छ । घर निर्माण, उच्च शिक्षा, वैदेशिक अध्ययन, सवारी साधन खरिद, विवाह, व्यवसाय विस्तार वा अन्य कुनै व्यक्तिगत उद्देश्यका लागि ग्राहकले छुट्टै बचत योजना बनाउन सक्छन् । लक्ष्य स्पष्ट भएपछि नियमित बचत गर्ने बानी विकास हुने र आर्थिक अनुशासन कायम रहने विश्वास बैंकले लिएको छ ।