धनकुटामा ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका-५ माथिल्लो खोप्ताक बस्ने ४० वर्षीय झपडमान लिम्बु सोही ठाउँस्थित सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।














