उच्च अदालतका ५० जना न्यायाधीशको एकसाथ सरुवा

Image

 न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गरेको छ । 

बिहीबार (असार ३२) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरूको सरूवाकाे निर्णय गरेको हो । 

यस्तै, विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न परिषद्ले परामर्श समेत दिएको छ । आचार्य उच्च अदालत तुलसीपुरमा कार्यरत छन् । यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारलाई तोक्न समेत परिषद्ले सिफारिस गरेको छ ।