३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

Image

नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ। यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने छ।