नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यसअघिको फैसला पुनरावलोकनका लागि अनुमति दिने आदेश जारी गरेको हो।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै निवेदन दायर गर्दै सर्वोच्चको फैसला पुनरावलोकन गर्न माग गरेका थिए।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो। सोही फैसलाप्रति असहमति जनाउँदै देउवा र खड्काले पुनरावलोकनका लागि अदालतमा निवेदन दिएका थिए।
सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनः न्यायिक सुनुवाइको प्रक्रिया अघि बढ्ने भएको छ।














