प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख

Image

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुने भएको छ।

चारदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख सेठले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँगको भेटपछि उनी भोलि बुधबार स्वदेश फर्किने छन्।

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

त्यसैगरी, उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत दुईपक्षीय भेटवार्ता गरेका थिए।