नेपाली सेनाका प्राविधिक सहायक रथी विश्वबन्दु पहाडी उपरथीमा बढुवा भएका छन्। बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
साउन २६ गते बसेको मन्त्रि परिषद् बैठकले पहाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। प्राविधिक महासेनानीमा बढुवा भएकी डा. ईन्दिरा आचार्यलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।















