रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

Image

रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलाय, दक्षिण अफ्रिका, नेपाल लगायत देशका ३८४ पर्यटन सम्पर्कविहीन रहेका छन्। 

जसमा विदेशी पयर्टन २९१ र नेपाली नागरिक ९३ जना रहेका छन्।  पयर्टन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरुले उपलब्ध गराएको पछिल्लो डाटा अनुसारको यो संख्या भएको बताए।