नेशनल लाईफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

Image

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको भिषण बाढीका कारण भएको धनजनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै कम्पनीले उक्त सहयोग उपलब्ध गराएको हो । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सोमबार आयोजित एक विशेष कार्यक्रमका बिच कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

बाढी जस्तो अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति कम्पनी परिवारले गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूलाई उद्धार कार्यमा सक्रियताका साथ जुट्न समेत अनुरोध गरेको छ ।