सेयरबजारमा आज १५.४३ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक २५४५.४० विन्दुमा झरेको हो। यस दिन ४ अर्ब १९ करोडको कारोबार भएको छ। बुधबार ७४ वटा सेयरको मूल्य बढ्दा १९२ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
यस दिन अपर लोहोरे खोला हाइड्रोको सेयर १५ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ६.४० प्रतिशतसम्म बढेका छन्। आज इमर्जिङ नेपाल लिमिटेड र सिन्धु पावरको सेयर भने १४.९९ प्रतिशतले घटेका छन्।
यस दिन रिलायन्स स्पिनिङ मिल्सको ४२ करोडको कारोबार भए पनि बाँकी सेयरहरु १७ करोडसम्म मात्रै बढेका छन्।













