चिलिमेको सुरुङमा थप एकजनाको शव भेटियो

Image

 चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । 

योसँगै सुरुङभित्र चारजनाको शव भेटिएको चिलिमे जलविद्युत् आयोजनाको रेस्क्युमा खटिएका सशस्त्र प्रहरी निरीक्षक वकिलबहादुर धानुकले जानकारी दिए । 

भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।

सुरुङभित्र मानिसहरू रहेको आशंकामा नेपाली सेनासहित सशस्त्रका ११ जनाको टोली खोजीमा खटिएका थिए ।