राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुर पुगेर इन्द्रजात्रा अवलोकन गरेका छन् ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका हुन् । पौडेललाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले स्वागत गरिन् ।
इन्द्रजात्रा अवलोकनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत वसन्तपुर पुगेका थिए ।













