ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतविरुद्ध ४–० को सहज जित निकालेको छ ।
शनिबार कोलकाताको साल्ट लेक रंगशालामा ब्राजिललाई जित दिलाउन स्यामुएल लिनोले दुई तथा इस्तिभाओ र पेड्रोले एक-एक गोल गरे ।
खेलको २९औँ मिनेटमा इस्तिभाओको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । पेड्रोले ४२औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
स्यामुएलले ५८औँ मिनेट र इन्जुरी टाइममा गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।
ब्राजिल र भारतले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक एक अर्काको सामना गरेका हुन् ।












