नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ।
जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।
कुशल भुर्तेल भने यस टोलीमा छैनन्। लिग २ यही अक्टोबर ७ देखि ओमानमा हुँदै छ।














