बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

Image
rabi, prachanda n oli - baglung

 बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खसेर पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर तीनजना मजदुर पुरिएका थिए ।

ढिस्कोले पुरिएर गम्भीर घाइते अवस्थामा उद्धार गरिएका रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्तीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको बताइएको छ ।