‘संवैधानिक बेञ्च’ स्थगन अस्वाभाविक कारण होइन : सर्वोच्च

Image

नियमित संवैधानिक इजलास बस्न नसकेको विषयलाई सर्वोच्च अदालतले अस्वाभाविक र अन्य कारण नभएको बताएको छ । 

नियमित रूपमा बस्नुपर्ने संवैधानिक इजलास बुधबार (असोज २१) नबसेपछि बाहिर जिज्ञासा उठिरहेको छ । प्रधानन्यायाधीश डा.मनोज शर्माको नेतृत्वमा संवैधानिक इजलास गठन हुने संवैधानिक र कानुनी व्यवस्था छ ।  

संवैधानिक बेञ्च नबसेको विषयमा राखिएको जिज्ञासामा सर्वोच्चका प्रवक्ता अशोककुमार क्षेत्रीले कुनै अस्वाभाविक र अन्य कारण नभएको बताए । “इजलास स्थगन भएको विषय कुनै अस्वाभाविक र अन्य कारण होइन,” प्रवक्ता क्षेत्रीले बाह्रखरीसँग भने, “प्राविधिक कारणले बेञ्च बस्न नसकेको हो ।”  

बुधबारका लागि प्रधानन्यायाधीश डा. शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान संलग्न संवैधानिक इजलास गठन भएको थियो । कतिपय न्यायाधीशले संवैधानिक इजलासमा बस्न अस्वीकार गरेको विबषय समेत बाहिरिएको थियो । संवैधानिक इजलासमा आज ‘बेञ्च नबसेको’ पेसी सूचीमा जनाइएको छ ।