बाढीको ४५ दिनपछि बेत्रावतीमा एक्रो बेलीब्रिज सञ्चालनमा

Image

 रसुवाको भोटेकोसी नदी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीस्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेलीब्रिज नेपाली सेनाले आइतबार (असोज २५) एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

बेलीब्रिज सञ्चालनमा ल्याइएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ ।

भदौ १० गते आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो । बेलीब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।