साताको पहिलो कारोबार दिन सेयर बजार हरियाली बनेर बन्द भएको छ । सोमबार (असोज २६) नेप्से सूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको हो ।
सूचकसँगै यस दिन कारोबार पनि सामान्यले बढेको छ । लगानीकर्ताले कुल चार अर्ब ४६ करोडको कारोबार गरेका हुन् ।
बजार बढे पनि कारोबारमा आएका कम्पनीमा कमाउनेको तुलनामा गुमाउने धेरै छन् । १०५ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ । १६५ कम्पनीको सेयर मूल्यमा ह्रास आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
धौलागिरि लघुवत्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ६.२९ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै सेयर कुमारी बैंकको किनबेच भएको छ । लगानीकर्ताले यो कम्पनीको कुल २५ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन् ।















