गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

Image

 गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी र पहिरोपछि भारतले पुर्‍याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढाउनुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।