प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् ।
बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेका पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०:०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए ।
प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए ।














