क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

Image

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ । बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए ।

अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गरेको र टोलीका साथी तथा समर्थकसँग माफी मागेको पक्षलाई ध्यानमा राखेको जनाएको छ । डेनमार्कविरुद्धको खेलको दिनदेखि लागू भएको प्रतिबन्ध उनले अधिकांश समय पूरा गरिसकेका छन् । पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्काले विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने इच्छा व्यक्त गरेका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले पोर्चुगललाई युरो २०१६ र दुई पटक नेसन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।