यमनको सैन्य शिविरमा हुथीले हान्यो मिसाइल, कम्तीमा ५८ जनाको मृत्यु, २०० घाइते

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

यमनको शाब्वा प्रान्तमा रहेको सैन्य शिविरमा आइतबार हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। फ्रान्सको समाचार एजेन्सी एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ५८ जनाको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको जनाएको छ।

रोयटर्सका अनुसार हुथी विद्रोहीले शाब्वा प्रान्तको आलम शिविरलाई निसाना बनाएको हो। यमनको सशस्त्र बलका प्रवक्ता माजेद नाजिलीले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हुथी विद्रोहीले शाब्वामा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका छन्।’

उनका अनुसार, आक्रमणमा सुरक्षा बल र प्रहरीको तालिम केन्द्रलाई निसाना बनाइएको हो। शाब्वामा रहेको एक सरकारी सैन्य स्रोतले भन्यो, ‘हुथी विद्रोहीले आइतबार शाब्वा प्रान्तलाई हुथी नियन्त्रित अल(बैदा प्रान्तसँग जोड्ने बाटो बन्द गरेका छन्।’

यसअघि हुथी विद्रोहीले अल(माशिक दरबारतर्फ पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए, जुन दरबारमा साउदी नेतृत्वको गठबन्धनको अपरेसन बेस रहेको हुथीहरूले बताएका छन्।