स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी तोलामा तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













