स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९३० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र असली चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।













