आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो

Image

स्थानीय बजारमा मंगलबार (कात्तिक १७) सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलाको आज दुई लाख ७५ हजार रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको तीन हजार ६७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार (कात्तिक १६) छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति नै परिमाणको चाँदी तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।