नेपालका लागि भारतीय नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हालन मंगलबार काठमाडौं आइपुगेका छन् ।
यसअघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सकिएर फर्केपछि भारतले दलेलालाई नेपालको लागि नयाँ राजदूत नियुक्त गरेको थियो ।
“नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न आज सुधाकर दलेला काठमाडौं आइपुगेका छन्,” काठमाडौंस्थित भारतीय राजदूतले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
दलेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।














