नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्री सुधन गुरूङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनी अवको केही बेरमा पद बहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् ।
*यसअघि गृहमन्त्री हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।















