नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन आज स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता तथा आवश्यक तयारीका विषयमा छलफल हुने पार्टी सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ ।
एमालेका अनुसार राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका कमिटी पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।
एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको सङ्गठन सुदृढीकरण र भावी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।














