बराह सहकारी ठगी प्रकरणमा जोडिएका शिवकुमार विश्वकर्मा पक्राउ

Image

धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जनाएका छन्। गृहमन्त्री गुरुङ सामाजिक सञ्जालमाफर्त जानकारी दिँदै ‘पूर्वलाई न्याय’ भनेका छन्। 

बराह सहकारी अध्यक्ष लामिछानेलाई सहकारी बचत हिनामिना गरेको आरोप छ। उनीविरुद्ध जिल्ला अदालत, सुनसरीमा मुद्दा पनि दायर भएको छ। उनीविरुद्ध पाँच अर्ब ८८ करोड बिगो दाबी गरिएको छ। 

गृहमन्त्री गुरुङले उनलाई पक्राउ गर्न सफल भएको र अब अन्य आरोपीलाई पनि कारबाहीको दायरमा ल्याउने बताएका छन्। 

‘अन्ततः पाँच अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु।’