भीमफेदीमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था अचेत

Image

मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।