१४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जीवनकुमार गुरूङलाई धरौटीमा छाडिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो ।
उक्त धरौटी बुझाएर गुरूङ छुटिसकेका छन् । उनीविरूद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० लाई पत्राचार गरेको थियो। त्यसपछि सिआइबीले उनलाई फागुन १४ गते पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी अनुसन्धानका लागि भन्सार कार्यालयमै बुझाइएको थियो। अदालतमा पेश हुँदा उनी १५ लाख धरौटीमा छुटेका हुन्। उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।













