मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

Image

मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालविरुद्ध पक्राउ अनुमति लिइसकेको छ । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले अर्यालको खोजी भइरहेको नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

उक्त निर्णय भएको समयमा अर्याल श्रम सचिवका रूपमा कार्यरत थिए । सोही प्रकरणमा उनको संलग्नताबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले पक्राउ अनुमति लिएको हो ।