बिचौलिया इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी दानबहादुर थापाले अदालतबाट तीनै जनालाई थप ७ दिन म्याद थप भएको पुष्टि गरेका छन् ।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले गत असोज १४ गते सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
सापकोटामाथिको अनुसन्धानका क्रममा महेश श्रेष्ठ र सुशील भट्टसँगको सम्बन्धसमेत खुलेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो ।
















