मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोसी प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले लाभलाई कोसीको पनि जिम्मेवारी तोकेका हुन्। प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम कर्णलाई कोसी प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको हो।
















