मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।
त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
















