राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

Image

 प्रधानमन्त्री बालेन्द्र शाहले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनी अपरान्ह ३ बजे शीतल निवास पुगेका हुन्। 

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरेका थिए ।

सरकारले राष्ट्रपति कार्यालय पठाएको विभिन्न अध्यादेश विचाराधीन छ । औपचारिक भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री बालेनको आलोचना समेत भएको थियो । भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।