तुइनखोलामा पहिरो जोखिम हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

Image

तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउने काम सुरु गरिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

सडक बन्द हुँदा नारायणगढबाट काठमाडौं तथा पोखरातर्फ जाने र ती क्षेत्रबाट नारायणगढ आउने यात्रु प्रभावित भएका छन् ।

पहिरोको जोखिम न्यूनीकरण गरी सडकलाई सुरक्षित बनाउने उद्देश्यले जोखिमयुक्त भाग हटाउने काम अघि बढाइएको हो । सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा गर्न प्रशासनले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।