साझा न्यूनतम कार्यक्रम :  भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाइने  (पूर्णपाठसहित)

सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन् ।

जसमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

त्यस्तै, पाँच दलीय गठबन्धनले साइबर सुरक्षा कायम गर्ने जनाएको छ । जलवायु परिर्वतनका सन्दर्भमा सगरमाथा संवाद आयोजना गरिने बताइएको छ । ।

हेर्नुहोस् पाँच राजनीतिक दलको साझा संकल्प :