गोकर्णेश्वर नगरपालिकाले कृषकलाई सहुलियत दरमा आलुको बिउ उपलब्ध गराउने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सहुलियत दरमा कृषकहरुलाई आलुको विउ उपलब्ध गराउने भएको छ । नगरले एक सूचना जारी गरी सो जानकारी दिएको हो ।

‘गोकर्णेश्वर नगरपालिका कृषि विकास शाखाले आव. २०८०÷८१ साको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा आलुको उन्नत बिउ वितरण गरिने हुँदा यस नगरपालिका क्षेत्रका इच्छुक कृषकहरुलाई सहभागी हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । साथै, नगरले बिउ आलु प्रतिकेजीका दरले उपलब्ध हुने जनाएको छ ।

आलुको बिउ विक्री तथा वितरण २०८० पुष २ गतेदेखि पुष ६ गतेसम्म हुने सो सूचनामा उल्लेख छ ।