शनिबार र आइतबार अन्तराष्ट्रिय बजार बन्द रहने भएपछि सोमबार झिनो घटबढ भए पनि नेपालमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शनिबारदेखि सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ ।
गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले कमी हो । सो दिन सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो ।
सोमबार चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।













